सरकारले ब्यहोर्दैछ 'मानसिक रोगिको १८ हजारसम्म उपचार खर्च'

स्वास्थ्य फागुन २१ २०७५ ekhabarnepal
6666666

काठमाडौं फागुन २१,
 सरकारले मानसिक समस्या भएका बिरामीहरुको उपचार तथा पुनस्र्थापनामा लाग्ने खर्च  व्यहोर्ने भएको छ ।

सरकारले त्यस्ता बिरामीको उपचार तथा पुनस्र्थापना गर्ने अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई प्रति बिरामी मासिक १८ हजारसम्म उपलब्ध गराउनेगरी कार्यविधि ल्याएको हो ।  

स्वास्थ्य मन्त्रालयले ल्याएको ‘मानसिक रोगीहरुका लागि पुनस्र्थापना कार्यक्रम सञ्चालनको लागि कार्यविधि, २०७५’ ले मानसिक समस्या भएर उपचार नपाएका नागरिकहरुले उपचार तथा उनीहरुको पुनस्र्थापनाको गर्ने सुनिस्चितता गरेको हो । कार्यविधिमा कुनै पनि अस्पतालले मानसिक तथा मनोसामाजिक समस्या भएका बिरामी उपचार गरेवापत प्रति बिरामी दैनिक ६ सय रुपैया र पुनस्र्थापना केन्द्रले ५ सय रुपैयाँ पाउनेगरी कार्यविधि तय गरेको हो । अस्पताल र पुनस्र्थापना केन्द्रमा नगएर घरमै उपचार गराउने बिरामीको हकमा मासिक ४ हजारसम्म उपलब्ध गराउने  छ । तर निःशुल्क उपलब्ध गराउने औषधि सेवन गर्नुपर्ने अवस्थामा भने यो नियम लागू हुने छैन ।


निःशुल्क उपलब्ध गराउने भनिएका औषधि बाहेक अन्य औषधि सेवन गर्नुपर्ने भएमा मासिक ४ हजारसम्मको औषधि खर्च सरकारले उपलब्ध गराउने छ त्यसका लागि औषधि खर्च पाउनको लागि उपचारमा संलग्न चिकित्सक र तोकिएका निकायबाट बिल भर्पाइ प्रमाणित गराएर ल्याउनुपर्ने हुन्छ । कार्यविधिले त्यस्ता विल भर्पाइ प्रमाणित गर्ने अधिकार उपचारमा संलग्न चिकित्सक र गैरसरकारी संस्था, निजी अस्पताल, पुनस्र्थापना गृह वा सम्बन्धीत स्थानीय तहलाई तोकेको छ ।अहिले नेपालमा करीव ३ लाख मानिसमा कडा खालको मानसिक समस्या रहेको अनुमान छ । कडा मानसिक समस्या भएर लामो समय सम्म निगरानीमा बस्नुपर्नेको अवस्था अहिले दर्दानक छ ।


कार्यविधिमा मानसिक रोग भएका व्यक्तिहरुलाई उपचार गर्ने अस्पताल तथा पुनस्र्थापनाको मापदण्ड, अनुगमन संयन्त्र तथा पुनस्र्थापना कार्यविधि पनि स्पष्टसँग उल्लेख गरिएको छ । अस्पताल तथा पुनस्र्थापना केन्द्रमा उपचारत बिरामीको उपचारमा सुधार भएसँगै घर परिवारमा पुनस्र्थापना गर्ने वातावरण बनाउनुपर्ने उल्लेख छ ।

मानसिक समस्या भएका बिरामीहरुको उपचार तथा पुनस्र्थापनाको लागि कार्यविधि अन्तर्गत दर्ता हुने संस्था तथा अस्पतालहरुले सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनुपर्ने छ । स्थानीय तहले पनि अनिवार्य रुपमा सञ्चालन गर्ने संस्थालाई सहयोगको लिखित प्रतिवद्धता जनाएको हुनुपर्ने उल्लेख छ ।
कार्यविधि अनुसार दर्ता हुने पुनस्र्थापना गृहको लागि पनि मनोसामाजिक तथा मानसिक स्वास्थ्य अवस्थाको विश्लेषण र लेखाजोखा, प्राथमिक उपचार सेवा उपलब्ध हुनुपर्ने भनिएको छ । अन्तरंग सेवामा मनोचिकित्सकीय सेवा, मनोवैज्ञानिक सहयोग, मनोपरामर्श सेवा, खान लाउन तथा आवस, जिविकोपार्जन सम्बन्धी तालिम, जीवन उपयोगी सीप, कानूनी सेवा तथा साहायता, परिवार तथा नातागोता खोजी गर्ने, अनुगमन तथा अभिलेख चुस्त राख्ने जस्ता सेवा अनिवार्य गरीएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top