विश्वका सर्वाधिक प्रदूषित सहर मध्य 'भारतका ७ सहर'

विश्व फागुन २१ २०७५ ekhabarnepal
777

नयाँ दिल्ली फागुन २१,
विश्वका सर्वाधिक प्रदूषित वायु भएका १० सहरमा भारतका ७ परेका छन् । यो भन्दा पहिले धुवाले भरिएको उपाधी पाएका चिनियाँ सहरहरुले भने सुधार गरेका छन् ।

नयाँ दिल्ली नजिकै रहेको गुरुग्राम विश्वकै सर्वाधिक प्रदूषित सहर भएको ग्रिनपिस र एयर भिजुयलले जनाएका छन् । यो सहरमा २०१८ मा औसत वायुको गुणस्तर सूचक १३५.८ रहेको थियो । यो गुणस्तरप अमेरिकी वातावरणीय संरक्षण एजेन्सीले स्वस्थ रहनका लागि भन्दै आएको भन्दा तीन गुणा बढी हो ।गत वर्षको दुई महिनाको अवधिमा गुरुग्राममा वायु गुणस्तरको सूचक (एक्यूआई) पीएम २.५ अर्थात २०० माथि थियो । ईपीएले यसलाई अत्यन्त अस्वस्थकर भएको मान्दै आएको छ । यसका कारण यो सहरमा बस्ने जो कोहीलेलाई पनि गंभिर स्वास्थ्य समस्या देखा पर्न सक्छ ।


वायु प्रदूषणका कारण आगामी वर्ष विश्वव्यापी रुपमा ७० लाख मानिसको अकालमा मृत्यू हुन सक्ने रिपोर्टले जनाएको छ । यसको व्यापक आर्थिक प्रभाव पनि पर्न सक्ने बताइएको छ ।
“वायु प्रदूषणले हाम्रो जीवन र भविष्य चोर्न सक्छ,” ग्रिनपिसका दक्षिणपूर्वी एसियाका कार्यकारी निर्देशक एब सानोले बताए । विश्वका सर्वाधिक प्रदूषित २० सहरमा भारत, पाकिस्तान तथा बंगलादेशका १८ सहरहरु रहेका छन् । यसमा लाहोर, दिल्ली र ढाँका पनि रहेका छन् । सर्वाधिक प्रदूषित सहरहा यी सहरहरुको स्थान क्रमशः १०, ११ र १७ मा रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top