ट्रम्प-किम वार्ता: उत्तर कोरियाको परमाणु परित्यागबारे के कुरा हुँदैछ

विश्व फागुन १६ २०७५ ekhabarnepal
 105833178 aacc0539 bf11 45cf a41f 1344be0d627b

बीबीसी 

अमेरकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेत किम जङ-अनले भियतनाममा दोस्रो दिनको वार्ता थालेका छन्। यो वार्तामा उनीहरूबीच उत्तर कोरियाको परमाणुअस्त्र परित्यागबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ।

गत वर्ष जुनमा सिङ्गापुरमा उनीहरूबीच पहिलो पटक शिखरवार्ता भएको थियो। तर त्यसपछि निरस्त्रीकरणको योजनामा कुनै उल्लेख्य काम भएको छैन।

कुनै ठोस सहमति हुन्छ कि भनेर सबैले उत्सुकतापूर्क हेरिरहेका छन्।

वार्ताअघि किमको उपस्थितिमा ट्रम्पले भनेका थिए, "हतार छैन। हामी उचित सम्झौता गर्न चाहन्छौँ।"

किमले चाहिँ आफूलाई "राम्रो परिणाम" आउने लागेको बताएका थिए।

दुई नेताहरूले कसरी कोरियाली प्राय:द्वीपबाट परमाणुअस्त्र हटाउने भनेर एउटा मार्गचित्रबारे छलफल गर्ने अपेक्षा गरिएको छ। उनीहरूले कोरियाली युद्ध समाप्त भएको घोषणा गर्ने वा दुई देशमा सम्पर्ककार्यालय स्थापनाको घोषणा गर्ने सम्भावना पनि रहेको छ।

कटु टिप्पणीहरू गर्ने दुई नेताहरूबीच जुनमा सिङ्गापुरमा अभूतपूर्व भेटघाट भएको थियो। त्यहाँ उनीहरूबीच केही सहमति भएको भनिए पनि त्यो अमूर्त छ।

वार्ताको बीचमा केही समय विश्राम लिएर उनीहरू हिँड्न बाहिर निस्किएका थिए
अहिले दुई जनालाई नै वार्ताबाट उल्लेख्य प्रगति भएको सङ्केत दिनुपर्ने दबाव छ।

आफूविरुद्ध लागेको आर्थिक नाकाबन्दी हटाउन उत्तर कोरियाले पहिला नि:शर्त परमाणुअस्त्र परित्याग गर्नुपर्ने धारणा वाशिङ्टनको थियो। तर उत्तर कोरिया त्यसमा सहमत छैन।

किमसँगको वार्ताअघि ट्रम्पले पहिलो वार्ताको प्रगतिबारे व्यक्त भएका निराशातिर सङ्केत गर्दै भने, "मैले पहिलादेखि नै भन्दै आएको छु कि गति मेरा लागि त्यति महत्त्वपूर्ण छैन। पारमाणविक रकेट, क्षेप्यास्त्र आदिको परीक्षण नगरे म त्यसको प्रशंसा गर्छु।"

किमप्रति आफ्नो "ठूलो सम्मान" रहेको र आफूहरूबीच रहेको सम्बन्ध "धेरै बलियो" रहेको उनले बताएका छन्।

वार्ताको सम्भावित परिणामबारे एक विदेशी पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै किमले भने, "अहिले नै भन्न चाँडो हुन् तर मलाई भित्रदेखि नै राम्रो परिणाम आउँछ भन्ने लागेको छ।"

तर उनले निरस्त्रीकरणका लागि आफू तयार नभएको भए "अहिले म यहाँ हुन्नथेँ" भन्ने प्रतिक्रिया दिए।

तीस मिनेटजति वार्ता भएपछि उनीहरू केही समय विश्राम लिएर हिँड्न बाहिर निस्किएका थिए।

किमको उत्तर आउनासाथ ट्रम्पले भने, "यो तपाईँहरूले सुन्नुभएको सम्भवत: सबैभन्दा राम्रो उत्तर हो।"

विश्लेषकहरूका अनुसार किमले केलाई "निरस्त्रीकरण" भनेका हुन् त्यो चाहिँ स्पष्ट छैन।

किमले ट्रम्प र आफूलाई सँगसँगै देख्दा मानिसहरूलाई चलचित्र हेरिरहेकोजस्तो लाग्ने बताए।

युद्ध हुने धम्की दिँदै आएका दुई नेताहरू सन् २०१७ को अन्तिमतिर एकअर्कको आलोचना गरेका थिए।

उत्तर कोरियाले गर्दै आएको अस्त्रपरीक्षणपर्ति कटाक्ष गर्दै ट्रम्पले किमलाई "रकेट पुरुष" भनेका थिए भने किमले ट्र्म्पलाई "मानसिक स्थिति बिग्रिएको बूढो" भनेका थिए।

प्राप्त प्रतिकृयाहरू

To Top