पाकिस्तानी सेनाले 'खसालदिए दुई भारतीय विमान'

विश्व फागुन १५ २०७५ ekhabarnepal
989

काठमाडौं फागुन १५,
 पाकिस्तानी सेनाले आफ्नो भूमिका प्रवेश गरेका दुई भारतीय वाुयूसेना विमान खसालेको दावी गरेको छ ।  नियन्त्रण रेखा (एलओसी) पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको र एक पाइलटलाई पक्राउ गरेको पाकिस्तानी सेनाले बताएको छ ।

नियन्त्रण रेखा पार गरेका दुई भारतीय सेनाको जहाज मध्ये एउटा पाकिस्तान नियन्त्रणत्रित कश्मिरमा झरेको र अर्को जहाज भारतीय नियन्त्रित कश्मिरमा झरेको बताइएको छ ।

पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसालेको दाबी गरेको हो । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले यसको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानी वायू सेनाले आफ्नो वायू सीमाभित्रै रहेर नियन्त्रण रेखाको अर्कोतर्फ बमवारी गरेको छ ।’

तर, यो भारतीय आक्रमणको जवाफ भने हैन फैसलले भनेका छन्, ‘पाकिस्तानले गैरसैन्य क्षेत्रलाई निशाना बनाएको थियो, ताकि धनमालको नोक्सानी नहोस् ।’ उनले ट्विटरमा लेखेका छन्, ‘पाकिस्तानी एयरस्पेसभित्र दुई भारतीय विमान खसाइएको छ ।’ पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले भने आफ्नो वायूसेनाले सिमा क्षेत्र .एलओसी) पार गरर दुई भारतीय विमान खसालेको बताएका छन् । उनले एक विमानका पाइलटलाई नियन्त्रणमा लिइएको पनि दावी गरेका छन् ।

यद्यपि यस घटनाको हालसम्म स्वतन्त्र पुष्टिभइसकेको भने छैन । मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि दुई देशको तनाव बढ्दो छ । भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको थियो । पाकिस्तानले उक्त आक्रमणको जवाफमा भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने बताएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top