भारतीय वायु सेनाले 'पाकिस्तानी भूमिमा हमला'

विश्व फागुन १४ २०७५ ekhabarnepal
77777777777

काठमाडौँ फागुन १३,
 भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा हमला गरेको दाबी गरेको छ । मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले एलओसीको एक ठूलो आतंकबादी क्याम्पमा हमला गरेको दाबी गरेको हो ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार भारतीय सैनिकले एलओसीको आतंकी क्याम्पमा १००० किलो बम खसालेको छ ।पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्वीट गर्दै यस घटनाको पुष्टि गरेका छन् । उनले यस घटनाको केही तस्बिर पनि ट्वीट गरेका छन् ।

भारतको १२ मिराज २००० जेट विमानले १००० किलो बम खसालेको बताइएको छ । भारतीय वायुसेनाले भने यसबारेमा पुष्टि गरेको छैन । १४ फेब्रुअरीमा भारतको जम्मू–कश्मीर राज्यको पुलावामा भएको ठूलो आतंकवादी आक्रमणमा परि केन्द्रीय रिजर्भ प्रहरी बल(सीआरपीएफ) का ४० जनाभन्दा बढी जवानको ज्यान गएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top