तिलोत्तमा गोल्डकपको उपाधि क्यामरुनी टोली डल्फिन्सको कब्जामा  

खेल फागुन १३ २०७५ ekhabarnepal
1101412112daufins 1 960x400


बुटवल,फाल्गुण १३ ।
२१ औं तिलोत्तमा गोल्डकपको उपाधि क्यामरुनी टोली डल्फिन्सले कब्जा गरेको छ ।
एन्फा टेक्निकल सेन्टर बुटवलमा आज भएको निकै प्रतिस्पर्धात्मक उपाधि भिडन्तमा नेपाल पुलिसलाई सडनडेथमा हराउँदै डफिन्सले उपाधि कब्जा गरेको हो ।
डल्फिन्सले८ लाख ८० हजार नगद हात पारेको छ । उपविजेताले पुलिसले ५ लाख ५० हजारमा चित्त बुझाएको छ । यससँगै डल्फिन्स उपाधिमा ह्याट्रिक गरेको छ । मनकामना कप र बुढासुब्बाको उपाधि उसले जितेको थियो ।
प्रतियोगितामा नेपाल पुलिसका रवि पासवान बेस्ट फरवार्ड,हेम तामांग बेस्ट मिड फिल्डर,विक्रम धिमाल बेस्ट डिफेन्डर र अनन्त थापा उत्कृष्ट प्रशिक्षक भएका छन् ।

 यस्तै उत्कृष्ट गोलरक्षक डफिन्सका प्रिसो घाषित भए । उनीहरु सबैले २५ हजारका दरले नगद पुरस्कार पाए । प्रतियोगितामा रुपन्देही ११ का आशिष गुरुङ क्यान अफ द टुर्नामेन्ट ९उत्कृष्ट खेलाडी० घोषित हुंदै स्कुटर पुरस्कार प्राप्त गरेका छन् ।
उनीहरुलाई राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
नेपाल प्रहरीले पटक पटक गोल गर्ने मौका पाएपनि मौका चुकाउदा दफिन्सले उपाधि रक्षा गरेको हो ।  यस अघि पोखरा कप र बुढासुब्बा गोल्डकपको उपाधि जितेको दाउफिन्सले तिलोत्तमा गोल्डकप जित्दै उपाधिमा ह्याट्रिक गरेको हो ।

  दोस्रो हाफमा नेपाल प्रहरीका तिर्थ राना मगरले गोल गरे पनि अफसाईड गोल भएको थियो ।

सडेन डेथमा नेपाल प्रहरीका तेज तामांगको प्रहार गरेको गोल क्रसोले रोकीदिएका थिए । यस्तै जर्सी नम्बर ८ का नियाले प्रहार गरेको गोल रोशन खड्काले रोक्न सकेनन् र जालि चुम्न सफल भयो ।गतसाल थ्रि स्टारले उपाधि जितेको थियो ।


 

प्राप्त प्रतिकृयाहरू

To Top