बधाई! हङकङसंगकाे खेलमा 'नेपाल ४ विकेटले बिजयी'

खेल फागुन १२ २०७५ ekhabarnepal
7777

काठमाडौँ फागुन १२,
आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आफ्नो चौथो खेलमा नेपाल विजयी भएकाे छ ।

हङकङसंग भएकाे चौथो खेलमा नेपाल ४  विकेटले बिजयी भएको हो । थाइल्याण्डको एसियन इन्स्टिच्युड अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा पहिले ब्याटिंग गर्दै हङकङले नेपाल समू ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य १८.३  ओभरमा  ६   विकेट गुमाउदै पुरा गरेको थियो । नेपाललाई जिताउने क्रममा अन्सारी बेगमले सर्वाधिक २४ तथा सिता मगरले १२ रनको महत्वपूर्ण पारि खेलेकी थिइन । बलिंग तर्फ हङकङका जेइ तितमुसले सर्वाधिक २ विकेट हात परिन ।

पहिले ब्याटिंग गरेको हङकङलाइ नेपालले निकै दबाबमा राखेको थियो । नेपालकि नेरी थापाले उत्कृष्ट क्रितिमानी बलिङ गर्दै ६ विकेट लिएकि छिन । जुन नेपाली महिला क्रिकेट खेलाडीले एउटी खेलमा हात लिएको सर्वाधिक विकेट हो । सुरुवाती ६ वटै विकेट नेरि थापाले नै लिएकि थिइन । उनले ४ ओभर बलिङगर्दै मात्र ८ रन खर्चेर ६ विकेट लिएकि हुन । त्यस्तै नेपालका लागि सिता राना मगरले २ विकेट हात पारेकी थिइन् । ब्याटिंग तर्फ हङकङका लम्प्लंगले १९ दस्वनिंले १६  रन बनाएका थिए |

यसअघि तीन खेल खेलिसकेको नेपालले दुई खेलमा जित हात पारेको छ भने एक खेलमा पराजित भएको छ । यसअघि तीन खेल खेलिसकेको नेपालले दुई खेलमा जित हात पारेको छ भने एक खेलमा पराजित भएको छ । नेपाल घरेलु टोली थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो । नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियालाई ३४ रन तथा तेस्रो खेलमा शुक्रबार संयुक्त अरब इमिरेट्स यूएईलाई सात विकेटले पराजित गरेको थियो ।

सिंगल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने एक टोली मात्रै सन् २०२० मा अस्टे«लियामा हुने टीट्वेन्टी र सन् २०२१ मा न्युजिल्यान्डमा हुने ५० ओभर क्रिकेटको दुवै विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि छानिनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top