विश्वका'शीर्ष धनी टप टेन' मा भारतबाट कोहि पर्दैनन्

विश्व फागुन १२ २०७५ ekhabarnepal
8777

विश्वका सर्वाधिक ५ सय धनीको सूचीमा भारतबाट १९ परेका छन् ।

तर, शीर्ष १० को सूचीमा भारतका कोही पनि परेका छैनन् । ब्लुमबर्ग अर्बपतिको सूचीमा रिलायन्स इन्ड्रस्ट्रिजका मुकेश अम्बानी १२ औं स्थानमा परेका छन् । उनको कुल सम्पत्ति ४८ अर्ब डलर छ ।
गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटका अध्यक्ष सर्गे ब्रिनको कुल सम्पत्ति ५३.२ अर्ब डलर छ । उनी अर्बपतिको सूचीमा १० औं स्थानमा छन् ।


२०१८ को जुलाईमा मुकेश अम्बानी एसियाकै सर्वाधिक धनी भएका थिए । उनले चीनकै ठूलो ई–कमर्श कम्पनी अलिबाबाका संस्थापक तथा अध्यक्ष ज्याक मालाई पनि पछि पार्दै एसियाकै धनी भएका हुन् । ब्लुमबर्ग अर्बपतिको सूचीमा उनी १९ औं स्थानमा रहेका छन् । उनको कुल सम्पत्ति ४१.६ अर्ब डलर छ । उनी चीनका सर्वाधिक धनी व्यक्ति हुन् ।


रिलायन्सको सेयर मूल्यमा भएको वृद्धिका कारण अम्बानीको सम्पत्तिमा वृद्धि हुन सहयोग पुगेको छ । २०१८ को फेब्रअरीदेखि हालसम्म रिलायन्सको सेयरमा ३३ प्रतिशतको वृद्धि भएको छ ।
अमेजनका संस्थापक तथा सिईओ जेफ बेजोस लामो समयदेखि विश्वकै धनीको सूचीमा शीर्ष स्थानमा रहँदै आएका छन् । उनको कुल सम्पत्ति १ सय ३५ अर्ब डलर छ । यो ब्लुमबर्गमा समावेश शीर्ष ९ भारतीयको सम्पत्ति बराबर हो । सूचीमा दोस्रो स्थानमा रहेका माइक्रोसफ्टका सह संस्थापक बिलग गेट्सको कुल सम्पत्ति ९८.२ अर्ब डलर छ । यो बेजोसको सम्पत्तिभन्दा झन्डै ३७ अर्ब डलरले कम हो ।

प्राप्त प्रतिकृयाहरू

To Top