रुसको निशानामा 'अमेरिका'

विश्व फागुन ९ २०७५ ekhabarnepal
888888888888888

मस्को ।
विश्वका दुई ठूला शक्तिशाली मुलुक अमेरिका र रुसबीचको तनाव झनै बढ्दै गएको छ ।
यसैबीच यदी अमेरिकाले युरोपमा कुनै पनि किसिमबाट परमाणु हतियार तैनाथ गर्ने कोशिश गरेमा अमेरिकाले यसको परिणाम भोग्नु पर्ने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भनेका छन् । यस किसिमको अवस्थामा रुसले अमेरिकाका साथसाथै हतियार तैनाथ गरिएका मुलुकमाथि पनि हमला गर्ने उनले बताए ।

पछिल्लो समयमा अमेरिका र रुसबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ । यसैबीच दुवै मुलुकले इन्टरमिडिएट–रेन्ज न्यूक्लियर फोर्सेज ट्रेटी (आइएनएफ) को निलम्बन गरेका छन् । १९८७ मा भएको सन्धी अनुसार दुवै देश ५०० देखि ५ हजार ५०० किलोमिटरको रेन्जको परमाणु हतियार नष्ट गर्नका लागि सहमत भएका थिए । यसलाई निलम्बित गरेपछि यदी रुसले आफ्नो क्रुज मिसाइल नष्ट नगरेमा अमेरिकाले पनि आईएनएफ रद्ध गर्ने चेतावनी दिएको थियो ।

रुसका वरिष्ठ राजनीतिक अधिकारीसँग वार्ता गरेपछि भने,“हामी प्रयास गर्ने छैनौ । तर, यदी अमेरिकाले मिसाइल तैनाथ गरेमा उसलाई यसको कडा जवाफ दिइने छ । अमेरिकाले आगामी खतराको अनुमान लगाए कुनै कदम चाल्नु आवश्यक छ ।” रुसले अमेरिकासँग सम्बन्ध सुधार गर्न चाहेको तर अब उसको प्रत्येक कदमको जवाफ दिन तयार भएको जनाएको छ । आफ्नो मुलुकमा विकसित भइरहेको मिसाइल तथा हतियारको कुरा गर्दै पुटिनले भने,“अमेरकालाई ती हतियारको गती तथा मारक क्षमताको अन्दाज पनि छैन ।”

प्राप्त प्रतिकृयाहरू

To Top