आज विशेष पूजा गरी 'श्री स्वस्थानी व्रत' सकिदै

धार्मिक फागुन ७ २०७५ ekhabarnepal
747647467

 गत पौष शुक्ल पूर्णिमादेखि सुरु भएको 'श्री स्वस्थानी व्रत' माघ शुक्ल पूर्णिमाका दिन आज विशेष पूजा गरी सकिदैछ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको धार्मिक विश्वास छ । व्रत बस्ने प्रत्येक व्रतालुले एक महिनाभरि स्नान गरी मध्यान्हमा स्वस्थानीको पूजा गरी एक छाक मात्रै खाएर श्रद्धाभक्तिपूर्वक कथा वाचन एवं श्रवण गर्ने चलन छ ।

 एक महिनाभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा विशेष मेला लागेको थियो । यसरी पूजाआजा गरेमा मोक्ष मिल्ने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।  श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दु:ख तथा रोगव्याधि नाश हुने एवं मनले चिताएको पुग्ने कुरा पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top