काश्मिरमा गोली हानाहान हुदा फेरि '४ सेनाको मृत्यु'

विश्व फागुन ६ २०७५ ekhabarnepal
6576457 kasmir

काठमाडौं फागुन ६,  
नया दिल्ली ।  भारतको काश्मिरमा गोली हानाहान, फेरि मारिए चार सैनिक
भारत प्रशासित जम्मु काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन् ।

यो गोलाबारी अहिलेपनि जारी रहेको बीबीसीले जनाएको छ । प्रहरी प्रवक्ता मनोजकुमारका अनुसार विस्तृत घटनाक्रम आउन अझै समय लाग्नेछ । प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीले उग्रवादी लुकेको सूचना पाएपछि संयुक्त अपरेशन शुरु गरेको थियो ।

सेनाले अपरेशन शुरु गरेपछि उग्रवादीका तर्फबाट भएको गोली प्रहारमा भारतीय सेना मारिएका हुन् । केही दिन अघि मात्रै सोही क्षेत्र नजिक ४६ जना भारतीय सैनिक मारिएका थिए । 

प्राप्त प्रतिकृयाहरू

To Top