'घूस अभियोगमा मुछिएका माननिय आयुक्त पाठकले दिए राजिनामा'

अर्थ फागुन ३ २०७५ ekhabarnepal
222222

काठमाडौं ।
 घूस लिएको अभियोगमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आजराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले  पाठकले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएको बताउनुभयो ।उहा माथि के कस्तो थप कारवाही हुन सक्छ भन्ने बारेमा दंगालले त्यसबारेमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाका विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो ।

तर राजीनामा दिएका कारण अब संसदको भूमिका सकिएको नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले  बताउनुभयोनेम्वाङले अब संसदको भूमिका सकिएपनि कानुनी प्रक्रिया अनुसार उहालाई थप कारवाही हुन सक्ने जनाउनुभयो ।संसदमा नेकपाका संसदीय दलका उपनेता नेम्बाङले  आफूहरुले सांसदहरुको हस्ताक्षर संकलनको काम थालिसकेको र प्रमाण आधाउधी पाइसकिएको तथा आधा आज मिल्नेसमेत जानकारी दिनुभएको घ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उहालाई कारवाही गर्न पार्टीको संसदीय दललाई आग्रह गर्नुभएको थियो ।


पाठक भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको भिडियो रेकर्डसम्बन्धी समाचार सार्वजनिक भएपछि विवादमा आउनुभएको थियो । स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएको थियो । राजीनामा दिएपनि उहालाई ओहदामा बसेर बदमासी गरेकोले कारवाही प्रक्रिया अघि बढ्ने बुझिएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top