जम्मू–कश्मीरमा ठूलो आतंक:सीआरपीएफका ३० जवानको मृत्यु

विश्व फागुन ३ २०७५ ekhabarnepal
7897678

काठमाडौं फागुन ३,  
 भारतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा परि केन्द्रीय रिजर्भ प्रहरी बल(सीआरपीएफ)का ३० जवानको ज्यान गएको छ ।
आक्रमणमा परि ४३ जना प्रहरी जवान गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय आतंकवादी जैश–ए–मुहम्मदले लिएको छ ।


भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार जैश–ए–मुहम्मदका आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको बस सीआरपीएफको बसमा ठोक्काएका थिए । विस्फोटबाट सीआरपीएफका जवान चढेको बस टुक्रा–टुक्रा भएको थियो । यो बस सीआरपीएफको ५४औँ बटालियनको थियो ।भारतीय समाचार संस्थाहरुले पुलावामामा बसेर आतंकवादी क्रियाकलापमा सलंग्न आदिल अहमद डारले आक्रमण गराएको बताएका छन् ।

सीआरपीएफ(अपरेसन्स) का आईजी जुल्फिकर हसनले आक्रमणको पुष्टि गर्दै भनेका छन्, ‘सीआरपीएफका समूहमा २० गाडी थिए । त्यसमध्ये एउटा गाडीमा आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काए । बस जम्मूबाट श्रीनगर जाँदै थिए ।’

जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकले राज्यमा अहिंसा फैलाएर अस्थिरता पैदा गर्ने समूहले आक्रमण गरेको बताएका छन् ।त्यस्तै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आक्रमणलाई कायरताको संज्ञा दिँदै घटनाबाट आफू निकै दुःखी भएको बताएका छन् ।

स्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणलाई निन्दनीय बताउँदै आक्रमणमा शहीद भएकाहरुको बलिदानी त्यसै खेर जान नदिने बताएका छन् ।जम्मू–कश्मीरमा ठूलो आक्रमण भएपछि केन्द्रीय गृहमन्त्री राजनाथ सिंह शुक्रबार जम्मू कश्मीर जाने भएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top