इन्टरनेटबाट बाहिरिदैछ रुस 'कारण सहित उद्देश्य बुझनुहोस्'

विश्व फागुन १ २०७५ ekhabarnepal
767657567

भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरनेटबाट बाहिरिने भएको छ ।
यसको परिक्षण अप्रिल अगावै सुरु हुने छ । यो परिक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुस भित्रै हेरिनेछ ।गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र रुपमा सञ्चालन हुनका लागि आवस्यक प्राविधिक परिवर्तनका लागि अधिकार प्रदान गरेको छ ।


मस्यौदा कानुनलाई संशोधन गर्नका लागि अप्रिल १ को समय दिइएको छ । यो मस्यौदालाई डिजिटल इकोनोमी नेसनल प्रोग्रामको नाम दिइएको छ । तर परिक्षणको समय अझै तय हुन बाँकिनै रहेको डेली मेलले जनाएको छ ।कानुन अन्तर्गत विदेशी सक्तिले देशको अनलाइनलाई एक्ल्याउन खोजेको समयमा देशको रुनेट इन्टरनेट स्पेस स्वतन्त्र हुने विषय रुसको इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले सुनिश्चि गर्नुपर्नेछ ।


पछिल्ला वर्षहरुमा रुसमाथी साइबर हमला गरेको आरोप लाग्दै आएको छ । यसले नेटो र उसका गठबन्धलाई रुसमाथि नाकाबन्दी लगाउन प्रेरित गरेको छ ।कानुनको यो लक्ष्यलाई व्यापक सहयोग गर्नका लागि आईएसपी तयार रहेको तर यो कसरी कार्यान्वयन गरिने भन्ने विषयमा असहमत भएको बताइएको छ ।यो परिक्षण प्रमुख अवरोधको विषय हुन सक्ने त्रास सेवा प्रदायकमाझ रहेको जेडनेटले जनाएको छ ।
यो कानुनले रुसले आफ्नै ढाँचाको इन्टरनेट एड्रेस सिस्टम तथा डीएनएस सिर्जना गरेको हेर्न चाहेको छ ।अक्टोबर महिनमा बेलायतले रुसी सेनाको गुप्तचर सेवो विश्वभरी क्रुर किसिमको साइबर आक्रमण गरेको आरोप रुसमाथि लगाएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top