कञ्चन, माघ २७ । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. १ मा रहेको श्री प्रगति नमुना माविको भवन राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले एक समारोहकाबीच शिलन्यास गर्नुभएको छ ।
विद्यालयको भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले सरकारको उद्देश्य बमोजिम प्रगति माविलाई यस क्षेत्रकै नमुना विद्यालय बनाउने कुरामा जोड दिनु भएको थियो । वहाँले अनुकरणिय र उदाहरणीय विद्यालयको रुपमा विकास पूर्वाधारका साथसाथै शैक्षिक वातावरण समेत निर्माण गर्दै क्याम्पसका रुपमा यसलाई अगाडी बढाउन आग्रह गर्नुभएको थियो । प्रगति माविलाई प्राविधिक शिक्षा प्रदान गर्ने क्याम्पसका रुपमा अगाडी बढाउने कुरामा ध्यान केन्द्रीत भएको पनि उहाँले बताउनु भयो ।
नेपाल सरकारको हरेक निर्वाचन क्षेत्रमा एउटा नमुना विद्यालय बनाउने नीति बमोजिम रुपन्देहीको क्षेत्र नं. ५ को कञ्चन गाउँपालिका अन्तर्गतको यो विद्यालय छनौटमा परेको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्षओमबहादुर थापाको अध्यक्षतामा भएको उक्त समारोहमा कञ्चन गाउँपालिकाका अध्यक्षगोकर्ण क्षेत्री, उपाध्यक्ष गोमा तरामु मगर, वडाअध्यक्ष हरिनारायण थारु, विद्यालयका प्रधानाध्यापक जिवराज पौडेल लगायतले बोल्नु भएको कार्यक्रमको स्वागत नरनारयण अर्याल र सञ्चालन सरोज भट्टराईले गर्नुभएको थियो ।
प्राप्त प्रतिकृयाहरू