'डेढ लाख नक्कली नोट'सहित एक जना पक्राउ

अर्थ माघ २७ २०७५ ekhabarnepal
Nu7678567865786

काठमाडौं माघ २७,
नेपाल प्रहरीले गोगंबुबाट क्षेत्रबाट डेढ लाख नक्कली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले शनिबार राति एक हजार दरका १ लाख ५२ हजार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो । गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवर र हिक्मत मियाँको कोठाबाट उक्त नक्कली नोट बरामद गरिएको महानगरिय प्रहरी बृत्त गोगंवुले जनाएको छ ।

प्रहरीले पोमबहादुर कुँवरलाई पक्राउ गरेको छ भने अर्का आरोपी हिक्मत मियाँ भने फरार रहेका छन् । मियाँको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top