पहिलो पटक नेपालद्धारा भूउपग्रह'नेपाली स्याट वान'प्रक्षेपण गर्ने

बिचार माघ २३ २०७५ ekhabarnepal
545454

काठमाडौं माघ २३,
 नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट वान’ आगामी बैशाख ४ मा अन्तरिक्षमा प्रक्षेपण हुने भएको छ ।

नेपालको पहिलो नानो भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । जापानमा अध्ययन गरिरहेका विद्यार्थी आभाष मास्केले ‘नेपाली स्याट वान’ नानो स्याटलाइट निर्माण गरेका हुन् । अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट उनले बनाएको भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।

नेपालको सूर्य चन्द्र झण्डा अंकित सो भूउपग्रह प्रक्षेपणका खर्च नेपाल सरकारले ब्यहोरेको छ । त्यसका लागि नेपाल सरकारले २ करोड रुपैया खर्च गर्नेछ ।अमेरिकामा निजी कम्पनी अर्बिटल एटिकेको सिग्नस एनजी इलाभेन मिसनबाट नेपालको पहिलो नानो स्याटलाइट प्रक्षेपण हुनेछ ।

‘हाम्रो प्रतिक्षाको समय सकिएको छ। अर्बिटल एटिकेले स्याटलाइट प्रक्षेपण गर्ने मिति जानकारी गराएको छ । अप्रिल १७ ९बैशाख ४० का दिन नेपाली स्याटलाइट अन्तरिक्ष केन्द्रका लागि प्रक्षेपण गरिने तय भएको छ,’ जापानबाट मास्केले भने ।

प्राप्त प्रतिकृयाहरू

To Top