बेलायती प्रधानमन्त्री मेद्वारा इयू नेताहरूलाई भेट्दै

विश्व माघ २३ २०७५ ekhabarnepal
007

ब्रसेल्स,बेल्जियम माघ २३,
 यूरोपेली यूनियनका अध्यक्ष जाँ–क्लाउड यङ्कर र बेलायतकी प्रधानमन्त्री टरिजा मेबीच बिहीबार ब्रसेल्समा भेटवार्ता हुने भएको छ ।

यूरोपेली यूनियनबाट आगामी मार्चमा बेलायतको बहिर्गमन प्रक्रिया टुङ्ग्याउनुपर्ने भएपनि बेलायतको संसदको बहुमत सदस्यले प्रधानमन्त्री मेले इयू नेताहरूसँग यस पहिले गरेको सम्झौता बेलायतको पक्षमा नरहेको भन्दै केही हप्ता पहिले यसका विरूद्धमा मतदान गरेका थिए ।

“ब्रेक्जिटका बिषयमा यूरोपेली आयोगको विचार प्रष्ट छ, हामीले बेलायतका प्रधानमन्त्रीको विचार के आउँछ हेरिरहेका छौँ,” आयोगका प्रवक्ता मार्गरितिस स्कीनसले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । स्कीनसले भन्नुभयो, “इयू नेताहरूसँग आयरल्याण्डका प्रधानमन्त्री लियो वारादकरले आज भेटेपछि प्रधानमन्त्री मेले एक दिनपछि मात्र इयू नेताहरूसँग छलफल गर्दैहुनुहुन्छ ।”

रासस/एएफपी

प्राप्त प्रतिकृयाहरू

To Top