प्रदेश पाँचमा स्मार्ट कृषि गाउ कार्यक्रम देवदहबाट शुरु

अर्थ माघ २२ २०७५ ekhabarnepal
Smart krishi btl news photo 22 .jpg1


५२ गाउ छनौट गरिदै, बजेट २६ करोड
बुटवल २२ माघ ।
प्रदेश पाच सरकारले अगाडी सारेको स्मार्ट कृषि गाउ कार्यक्रम रुपन्देहीको देवदह नगरपालिका ९ घोडाहा बुद्धनगरबाट शुरु गरिएको छ । प्रदेशका ५२ वटा गाउमा लागु हुने यस कार्यक्रम प्रदेश सा.सदहरुको सिफरिस भएका गाउहरु प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक अध्यान गरी छनौट गरेपछि कार्यक्रम शुरु गरिएको  हो । ५२ वटा मध्ये अन्य ५१ वटा गाउमा पनि अब कार्यक्रम शुरु गर्दै लगिने बताइएको छ । ती वाकी गाउहरु छनौटको अन्तिम चरणमा पुगेको बताइएको छ । कार्यक्रमको मंगलवार प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गरेका छन । मुख्यमन्त्री पोखरेल, भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरतीपौडेलसहित प्रदेश सांसदहरुलगायतको सहभागितामा कार्यक्रम शुभारम्भ गरिएको थियो । 
मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले १२ जिल्लामा ५२ वटा  गाउ छनौट गरेर आधुनिक तरिकाले कृषि गरी ती गाउलाई स्मार्ट कृषि गाउमा परिणत गर्ने कार्यक्रम अन्तरगत गाउ छनौट भइ कार्यक्रम शुरु गर्ने क्रममा देवदहबाट कार्यक्रम अगाडी बढाइएको बताए । 
प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाका अनुसार ४ वर्षे यस कार्यक्रमका लागि आगामी वर्षमा वजेट कम गर्दै लगिने छ  । 
प्रदेश सरकारले यस कार्यक्रम लागु हुन छनौट हुने गाउमा कम्तीमा ५० घर हुनुपर्ने मापदण्ड बनाएको  छ । त्यस्तै तराइमा ५० विगाहा तथा पहाडमा २ सय ५० रोपनी जग्गा हुनुपर्ने गरी मापदण्ड बनाइएको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए । छनौट भएका गाउमा बढीमा २ वटा बाली तथा वस्तु( पशुपालन)लाई प्रथामिकतामा राख्नुपर्ने ब्यवस्था गरिएको छ । पशुपालन गरेपनि दुइ थरी र खेती गर्ने हो भने पनि २ वटा बालिलाई उच्च प्रथामिकता दिएर काम गर्नुपर्ने मापदण्ड रहेको छ । अन्य खेती तथा पशुपालन गर्न पनि पाइने तर दुइ वटा लाई उच्च प्रथामिकता दिनुपर्ने सचिव देवकोटाले बताए । 
बजेट २६ करोड
एउटा गाउलाई ५० लाख बजेट उपलब्ध गराउने गरी २६ वटा गाउका लागि प्रदेश सरकारले २६ करोड बजेट छुट्टाएको छ । छनौट भएका गाउका किसानलाई प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने र सो बजेटमा किसानहरुले थप १० लाख लगानी गरेर कृषि गर्न सक्ने ब्यवस्था गरिएको छ । प्रदेश सरकारले यो कार्यक्रम आगामी चार वर्षसम्म निरन्तरता दिने बताएको छ । आगामी वर्षमा भने बजेट २५ प्रतिशतका दरले घटाउने छ ।

स्मार्ट कृषि गाउ सुचना प्रविधियुक्त हुने
छनौट भएका कृषि गाउ लाई साच्चैकै स्मार्ट वनाउन त्यहा सुचनायुक्त तथा प्रविधियुक्त वनाउने तयारी प्रदेश सरकारको छ । जलवायु परिवर्तन सम्वन्धी सुचना उपलब्ध हुने सुचना केन्द्र त्यहा हुने तथा प्रविधि युक्त हुने देखि सिचाइ सुविधा पुगेको हुने छ । त्यस्तै माटोको गुणस्तर देखि बजारसम्मको ब्यवस्थामा समेत ध्यान दिइने छ । बजारीकरण गर्नका लागि संकलन केन्द्रहरु रहने गरी कार्यक्रम अगाडी बढाइने बताइएको छ । 
हालै प्देश पाच सरकारको मन्त्रीपरिषदबाट स्वीकृत कार्यविधिमा स्मार्ट कृषि गाउ कार्यक्रम लागु भएपश्चात कायम हुनुपर्ने मापदण्डहरु, कार्यक्रमको उद्देश्य देखि विभिन्न विषय समेटिएको छ । 
यहाका १२ जिल्लामा ५२ वटा  गाउ छनौट कार्य अन्तिम चरणमा पुगेको छ । ती छनौट पश्चात ती गाउमा आधुनिक तरिकाले कृषि गरी ती गाउलाई स्मार्ट कृषि गाउमा परिणत गर्ने कार्यक्रम छ । 
मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले प्रदेश सांसदहरुले सिफारिस गरेका गाउहरु मापदण्ड भित्र पर नपरेको अधयान गरेर छनौट प्रक्रिया अन्तिम चरणमा पुरयाइएको बताए । 
यस्तो छ कार्यविधि 
मन्त्रीपरिषदको हालै बसेको बैठकले स्वीकृत गरेको  स्मार्ट कृषि गाउ कार्यक्रम सञ्चालन र कार्यविधि २०७५ मा कार्यक्रम ब्यवस्थीत रुपमा सञ्चालन गर्न कार्यक्रम निर्देशक समिति बनाउने उल्लेख छ । सो समितिमा भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री स.योजक, सो मन्त्रालयका सचिवसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य रहने ब्यवस्था छ । त्यस्तै सो समितिमा कृषि विकास निर्देशनालयका निर्देशक, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयबाट एक जना  उपसचिव स्तरका कर्मचारी, सामाजिक विकास मन्त्रालयबाट पनि एक जना  उपसचिव स्तरका कर्मचारी, नार्क प्रदेश स्तरको कार्यालयका प्मुख वा प्रतिनिधि, कृषि विश्वविद्यालयका प्मुख वा प्रतिनिधि सदस्य रहने छन । जसको सदस्य सचिवमा कार्यक्रम ब्यवस्थापन इकायका प्रमुख रहने ब्यवस्था गरिएको छ ।
कृषिमा नया पुस्ता जोड्न स्मार्ट कृषि कार्यक्रम ः मुख्यमन्त्री पोखरेल
स्मार्ट कृषि गाउ कार्यक्रमको शुरु गर्दै मुख्यमन्त्री शंकर पोखरेलले नया पुस्तालाई कृषिमा जोड्न यो कार्यक्रम राम्रो हुने विश्वास ब्यक्त गरे । मरुभुमिमा गएर पसिना वगाउदै कृषि गर्दै श्रम बेचिरहेका युवाहरुका लागि यहा आर्कषण गर्न सकिएमा उनीहरुलाई रोजगारीसगै मुलुकको उन्नतीमा योगदान पुग्ने मुख्यमन्त्रीले बताए । उनले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रणालीमा परिणात गर्न जरुरी रहेकाले प्रदेश सरकारले अगाडी सारेको यस कार्यक्रमले किसानको जीवनमा परिवर्तन ल्याउने बताए ।
प्रदेशलाई सम्पन्न गराउने जग नै कृषि भएको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले यो कार्यक्रम लागु भएका गाउको उत्पादन आफ्नै पहिचान हुने खालको हुनुपर्ने समेत बताए । 
भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानहरुलाई सहयोग गर्ने र उनीहरुका अप्ठाराहरुलाई सजिलो बनाउन मन्त्रालयले काम गरिरहेको बताइन । उनले स्मार्ट कृषि कार्यक्रमलाई विभिन्न क्षेत्रका विज्ञहरुको सहयोग तथा सुझाव लिएर प्रभावकारी वनाउदै लगिने बताइन । यस कार्यक्रमले प्रदेशको कृषि क्षेत्रमा निकै महत्व राख्ने र सकरात्मक प्रभाव पार्ने विश्वास पनि उनले ब्यक्त गरिन । 
कार्यक्रममा प्रदेश सांसद डाक्टर कृष्ण न्यौपाने, जाल्पा भुसाल, भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटा, देवदह नगरपालिकाका प्रमुख हिरावहादुर खत्री, कृषि र वन विज्ञान विश्वविद्यालयका डिन जयप्रकाश गुप्ता, उपप्रध्यापक डाक्टर आरपी कडेरियालगायतले स्मार्ट कृषिका बारेमा चर्चा गरेका थिए ।


 

प्राप्त प्रतिकृयाहरू

To Top