कश्मीर विवादका लागि वार्ता आवश्यक छ: पाकिस्तानी राजदूत

विश्व माघ २२ २०७५ ekhabarnepal
00000000

काठमाण्डौं माघ २२,
 नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कश्मीरलगायत पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ भन्नेमा आफ्नो देश दृढ रहेको बताउनु भएको छ ।

सन् १९४७ मा कश्मीरमा भारतीय सैनिकको आक्रमणमा परि मारिएका हजारौँ नागरिकको सम्झनामा नेपालस्थित पाकिस्तानी दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत जावेले संयुक्त राष्ट्र संघले पारित गरेको प्रस्ताव र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले कश्मीरी नागरिकको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिबद्धता अझै कार्यान्वयन गर्न भारत तयार नभएको बताउनुभयो ।

दक्षिण एसियाको शान्ति, विकास र स्थायित्वका लागि भारत–पाकिस्तानबीचको तनाव अन्त्य हुनुपर्नेमा राजदूत जावेदको जोड थियो ।  राजदूत जावेदले नेपाललाई पाकिस्तानले असल भित्रको रुपमा लिएको कार्यक्रममा बताउनुभयो ।

सन् १९४७ मा भारतीय सेनाले आफ्नो नागरिकलाई आक्रमण गरी मारेको स्मरण गर्दै पाकिस्तानले फेब्रुअरी ५ लाई कालो दिवसको रुपमा मनाउदै आइरहेको छ । राजदूत जावेदले कश्मीरमा आक्रमण बन्द गरेर शान्तिको पक्षमा उभिन पनि भारतलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसदहरु, पूर्व राजदूतहरुलगायतको उपस्थिति रहेको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top