‘मेरो गाउँ मेरो ठाँउ’ भिडियो च्यालेन्ज प्रतियोगीताको लागि आह्वान

मनोरञ्जन माघ २१ २०७५ ekhabarnepal
Hami uthchau %283%29


बुटवल, २१ माघ । 

नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउने उदेश्यका साथ हामी उठ्ने छौ (वि विल राईज) फाउण्डेसनले मेरो गाउ मेरो ठाउँ नामक भिडियो च्यालेन्ज प्रतियोगीता गर्ने भएको छ । बुटवलमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको लागि आह्वान गरेको हो । 
फाउन्डेसनका अप्रेसन डाईरेक्टर अनुप भट्राईले आफ्नो गाउँ ठाउँमा रहेको लुकेर रहेको विभिन्न स्थानहरुको पहिचान गराउने उदेश्यका साथ अभियानको थालनी गरिएको जानकारी दिए । 
उनका अनुसार ५ मिनेटको पर्यटकीय, भेषभुषा, खानपान र रीतिरिवाजका भिडियो बनाएर आफ््नो गाउँ आफ्नो ठाउँको विषयमा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने गरी प्रतियोगितामा भाग लिन सकिने बताए । 
प्रतियोगितामा सहभागी हुने भिडियो एचडी क्वालिटी र स्क्रीप्ट सहित अधिकतम ५ मिनेटको हुनुपर्र्ने छ । प्रतियोगितामा उत्कृष्टले १ लाख, सेकेण्ड रनर अपले ५० हजार, सर्बोत्कृष्ट भिडियो ईडीटिं, लेखन, प्रस्तुतीकरणले थप नगद २५–२५ हजार रुपैयाँ समेत पाउने छन् । सन २०२० को पर्यटन बर्षलाई समेत उजागर गर्नको लागि अभियानको थालनी गरिएको हो । जनवरी १ बाट अभियान सुरु भएकोमा ४ महिनासम्म यो अभियान चल्ने छ । 
बरिष्ठ चलचित्र कर्मी निर्मल शर्माले यो अभियान नितान्त सामाजिक हितमा अग्रसर रहेको बताए । पछिल्लो समय सामाजिक संञ्जाल निक्कै आर्कषक र ब्यक्तिको क्रियटिभिटी प्रस्फुटन गर्ने रुपमा रहेको बताए । सकारात्मक सोच विकास गर्न जरुरी रहेको उनले बताए । 
‘हामी उठ्ने छौ’ का अध्यक्ष पत्रकार निर्मल श्रेष्ठले भुकम्पको बेला शुरु भएको अभियानलाई पछिल्लो समय पर्यटन पर्वद्धन गर्ने लक्ष्य अघि थालेको बताए । ससाना विषयबस्तु चर्चामा नआएका स्थानहरुलाई उजगार गर्दा यसबाट देशको आर्थिक समृद्धिमा समेत टेवा मिल्ने उनले बताए । 
हामी उठ्ने छौ भिडियो च्यालेन्ज प्रतियोगीता अभियानमा १३ पटकसम्म सगरमाथा आरोहण गरेका फुर्वा तेंजोंग शेर्पासहित विभिन्न पेशा ब्यावसायका ब्यक्तिहरु आवद्ध छन । 

प्राप्त प्रतिकृयाहरू

To Top