नेपाल बैंकको नाफा ६ महिनामा '१ अर्ब ६६ करोड १४ लाख'

अर्थ माघ २१ २०७५ ekhabarnepal
8787

काठमाडौँ माघ २१, नेपाल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको छ महिनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सुधार मात्र देखिएको बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ । बैंकले खुद ब्याज आम्दानी ३ अर्ब १६ करोड ७२ लाख ४९ लाख रुपैयाँ गरेको छ । गत आवको छ महिनामा बैंकले २ अर्ब ९४ करोड ३ लाख २९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ६५ करोड १४ हजार रुपैयाँ छ । बैंकले १ खर्ब ५ अर्ब ६७ करोड ८२ लाख ८६ हजार निक्षेप संकलन गरी ८५ अर्ब ७९ करोड ८४ लाख ७२ हजार ऋण लगानी गरेको विवरणमा उल्लेख छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ३.२३ प्रतिशतबाट घटेर २.७४ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ छ । 

प्राप्त प्रतिकृयाहरू

To Top