प्रेस विज्ञप्ति जारी गर्दै 'बढयो पेट्रोलियम पदार्थको भाउ '

अर्थ माघ २० २०७५ ekhabarnepal
999

काठमाडौं माघ २०,
 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आयल निगमले  पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ ।

यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ । भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ बढाइएको निगमले जनाएको छ । गएको पुस १८ गते निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले घटाएको थियो ।

जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय ८ रुपैयाँमा झरेको थियो भने यस्तै डिजल र मट्टितेलको भाउ ९५ रुपैयाँ प्रतिलिटरमा झरेको थियो । गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमबाट पेट्रोल, डिजेल तथा मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ प्रति लिटरका दरले बढाएर समायोजन गरेको आयल निगमले जनाएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ । खाना पकाउने ग्यासमा अझै पनि निगमलाई प्रति सिलिण्डर ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको आयल निगमले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top