सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर 

अर्थ माघ १८ २०७५ ekhabarnepal
Images 01022019093325 600x0

 माघ १८
 नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको व्यवसायीहरुले बताएका छन् । दुई खर्बको लगानी र वार्षिक १ सय ५० अर्बको कारोवारले पनि नेपाल सिमेन्टमा आत्मनिर्भर भएको उनीहरुको भनाई छ ।
 सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । १६ वर्ष अघि मात्र नेपालमा निजी क्षेत्रका सिमेन्ट उद्योग खुलेका थिए ।  
 नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरको अवस्थामा पुगेको बताउदै अर्काे वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने मुलुक बन्ने दावी गर्नुभयो । 
नेपालमा हाल ५६ वटा सिमेन्ट उद्योग छन् । नेपालको पहिलो सिमेन्ट हिमाल सिमेन्ट हो भने उदयपुर र हेटौंडा सिमेन्ट उद्योग सरकारले आफै सञ्चालन गर्दै आएको छ । 

गत वर्ष नेपालमा ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै सोही परिमाणमा खर्च भएको संघको दावी छ । नेपालमा सिमेन्टको उत्पादन क्षमता एक करोड ३० लाख टन रहेको संघका अध्यक्ष थापाले बताउनुभयो ।  रासस  

प्राप्त प्रतिकृयाहरू

To Top