अन्तर्राष्ट्रिय'क्रिकेट रंगशाला बनाउदैछन धुर्मुस सुन्तली'

खेल माघ १७ २०७५ ekhabarnepal
999

चितवन माघ १७,
 धुर्मुस सुन्तली फाउण्डेशनले नेपालमै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुर महानगरमा बन्ने भएको हो । रंगशालाका लागि स्वदेश तथा विदेशबाट दाताहरु सहयोग गर्न तयार भएका छन ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेपनि कहिले र कहाँ निर्माण गर्ने भन्ने विषयमा टुङ्गो लागेको थिएन्। धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच भरतपुरको चितवनमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि बुधबार राजधानीको राष्ट्रिय सभागृहमा अयोजित कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञान संकायअन्तर्गत रहेको २० बिघा ६ कट्ठा जग्गामा बन्न लागेको रंगशाला २ वर्षमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा रंगशालाको लागि जग्गा सट्टाभर्नामा जग्गा खोज्न सुरु गरेको हो । महानगरपालिकाले त्रिविको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्वामित्वमा रही भोगचल गर्दै आएको जग्गामा रंगशाला निर्माण गर्ने जग्गा सट्टाभर्नाको प्रस्ताव गरिएको छ ।

राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको थियो । अबको ६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य सुरु गर्ने बताइएको छ ।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला दुई वर्षभित्र तयार गरी भरतपुर महानगरपालिकालाई फाउण्डेशनले हस्तान्तरण गर्ने सहमति भएको छ । रंगशाला निर्माण कार्य सम्पन्न गर्न तीन अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)का अनुसार महानगरपालिकाले उक्त जग्गामा अन्तर्राष्ट्रिय स्तरको ३ वटा रंगशाला निर्माण गर्ने बताएका छन ।

कट्टेलले भने, ‘हामी एकदमै आतुर छौं’अबको ६ महिनाभित्रै रंगशालाको शिलान्यास गर्ने गरी काम अघि बढाएका छौं । सम्झौताको मितिबाट ६ महिनामा डीपीआर तयार हुन्छ ।राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको छ । कट्टेलले सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने बताए । 

प्राप्त प्रतिकृयाहरू

To Top