नेपालविरुद्धको तेस्रो एकदिवसीय:तीस ओभर सकिँदा यूएईको ८३ रन

खेल माघ १४ २०७५ ekhabarnepal
777675676 cricket

काठमाडौं । नेपालविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले ३० ओभर सकिँदा ४ विकेट गुमाएर ८३ रन जोडको छ । नेपालका कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले १–१ विकेट लिए ।

५.६ ओभरमा २–२ को अवस्थामा रहेको युएईले ३० ओभर सकिँदा ८३–४ को आवस्थामा छ । शाइमन अनवारले २२ रन जोडेका छन् भने सिपि रिजवानले १३ रन जोडेका छन् । गुलाम सब्बर(१८) र मुहम्मद उस्मान (२६)ले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । अहिले यूएईका रिजवान र अनवारले ३६ रनको साझेदरी गरिसकेका छन् । सोमपाल कामीले ७ ओभरमा ३ मेडन राख्दै १९ रन दिएर १ विकेट लिए । करणले ६ ओभरमा २ मेडन राख्दै १३ रन दिएर १ विकेट लिए । पारस खड्काले ८ ओभरमा १ मेडनसहित १६ रन दिएर १ विकेट लिए । सन्दीपले ५ ओभरमा १९ रन दिएर १ विकेट लिएका हुन् । आरिफ शेखले २ ओभरमा १० रन दिए । ललितनारायणले २ ओभरमा ५ रन दिए ।

पारस आफ्नो छैटौं ओभरको दोस्रो बलमा मुहम्मद उस्मानलाई पवेलियनको बाटो देखाएका हुन् । त्यसअघि सन्दीपले आफ्नो दोस्रो ओभरको चौथो बलमा गुलाम सब्बरलाई आउट गरेका थिए ।  सोमपालले तेस्रो ओभरमा यूएईका ओपनर अशफाक अहमदलाई विकेटकिपर विनोद भन्डारी मार्फत क्याच गराएका थिए । छैटौं ओभरमा करणले चिराग सुरीलाई विकेटकिपर विनोदमार्फत नै क्याच गरेका थिए ।दुबईस्थित आइसीसी एकेडेमी ओभलमा नेपालका कप्तान पारस खड्काले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । 

प्राप्त प्रतिकृयाहरू

To Top