नेपालमा लगानी भित्र्याउने उद्देश्यले नयाँ दिल्लीमा लगानी सम्मेलन हुदै

अर्थ माघ १३ २०७५ ekhabarnepal
23434

नयाँ दिल्ली माघ १३,
 भारतमा रहेका नेपाली उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि आकर्षित गर्न नयाँ दिल्लीमा लगानी सम्मेलन हुनेभएको छ ।

माघ १६ गते (३० जनवरी) इन्डिया ह्याविट्याट सेन्टर लोधी रोड दिल्लीमा हुने सम्मेलनमा नेपाल र भारतका प्रतिष्ठित उद्योगी व्यवसायीहरु सहभागी हुने आयोजक एभरेष्ट चेम्वर अफ कमर्स एण्ड इन्डष्ट्रिजले जनाएको छ ।

भारतीय उद्योगी व्यवसायी एवं भारतमा रहेका नेपाली उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्नका लागि वातावरण बनाउन सम्मेलन आयोजना गरिएको चेम्बरका महासचिव डा. मोहन कार्कीले बताउनुभयो ।नेपाली दूतावास दिल्लीको सहयोगमा आयोजना हुन लागेको सम्मेलनमा नेपालबाट गैरआवासीय नेपाली संघ एनआरएनका पूर्वअध्यक्ष उपेन्द्र महतो, चौधरी ग्रुपका वरुण चौधरी, गोल्छा ग्रुपका राज्यलक्ष्मी गोल्छा, पञ्चकन्या ग्रुपका बद्री श्रेष्ठ र एसबीएल ग्लोबलका मुकुन्द श्रेष्ठ लगायतको सहभागिता रहने चेम्बर अध्यक्ष युवराज बरालले बताउनुभयो ।

कार्यक्रममा पूर्वजलस्रोत मन्त्री एवं नेकपा नेता टोपबहादुर रायमाझी समेत सहभागी हुने आयोजकले जानकारी गराएको छ । यस्तै, भारतबाट उषाराज्य लक्ष्मी जयपुर, जर्ज मुठट, एफआईसीसीआई, एस्कोच्याम, सीआईआई, पीएचडी चेम्बरका प्रतिनिधिहरु समेत सहभागी हुनेछन् ।

प्राप्त प्रतिकृयाहरू

To Top