काठमाडौँ माघ  १३,

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका नेपाली राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेललाई बधाई दिनु भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) सँगको जारी एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत पौडेलले शनिबार भएको दोस्रो खेलमा ५८ बलमा ५५ रन बनाएका थिए । उनले १६ वर्ष १४६ दिनमा अर्धशतक बनाएका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेपाली राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौडेललाई बधाई दिनु भएको हो  । प्रधानमन्त्री ओलीले रोहितको रेकर्डले राष्ट्रलाई हर्षित बनाएको बताउनु भएको छ  ।