पहिलो एक दिवसीय क्रिकेट: युएइविरुद्ध नेपाल ११३ रनमा समेटियाे

खेल माघ ११ २०७५ ekhabarnepal
00000

काठमाडौं माघ ११,   युएइविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ।

 टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले राम्रो ब्याटिङ गर्न सकेन। नेपालले युएइलाई ३३.५ ओभर खेलेर ११३ रन बनाउँदै ११४ रनको लक्ष्य दिएको छ। अब युएइले जावाफी ब्याटिङ गर्नेछ।
नेपालका लागि कुनै पनि खेलाडीले राम्रो स्कोर बनाउन सकेनन्। नेपाली बलर सोमपाल कामीले सबैभन्दा बढी ३० रन बनाए।

आरिफ शेखले २५ र पारस खड्काले २० रन बनाए। सन्दीप लामिछानेले १५ रन बनाए। नेपालका ओपनर ज्ञानेन्द्र मल्ल शून्य रनमै आउट भए। दिपेन्द्रसिंह ऐरी र बसन्त रेग्मीले पनि खाता खोल्न सकेनन्। अरुले दोहोरो अंकको रन जोड्न सकेनन्। ललित राजव‌ंशी नट आउट रहे।

प्राप्त प्रतिकृयाहरू

To Top