नेपाल राष्ट्र बैंकद्धारा 'साढे ५ अर्बको ट्रेजरी बिल'जारी हुदै

अर्थ माघ ७ २०७५ ekhabarnepal
000

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले साढे ५ अर्ब रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले मंगलबार उक्त परिमाणबराबरको बिल जारी गर्न लागेको हो ।ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार दिउँसो २ बजे हुनेछ । ९१ दिनका लागि जारी हुन लागेको बिल २०७६ वैशाख १० गते परिपक्व हुनेछ ।
यसअघि पुस ३० गते भएको ३ अर्ब रुपैयाँबराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोलमा ९ अर्ब ३८ करोड रुपैयाँबराबरको बिड परेको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top