आज पृथ्वी जयन्ती: पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै

समाज पौष २७ २०७५ ekhabarnepal
09090790897

काठमाडौं पुस २७,
 नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

लोकतन्त्रपूर्व राष्ट्रिय एकता दिवस सरकारी तबरबाटै मनाउने गरिन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छैन । दिइँदै आएको सार्वजनिक बिदासमेत सरकारले कटौती गरेको छ । यद्यपि, केही स्थानीय तहहरुले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top