सांसद राईले'कपाल मुन्डन गरि आमाको किरिया गर्दै'

राजनीति पौष २६ २०७५ ekhabarnepal
8979708790 rai

काठमाडौं पुस २६
काजकिरयाको पुरातन मान्यतालाई चुनौती दिंदै संविधानसभा सदस्य तथा प्रदेश सांसद उषाकला राई आमाको किरियामा बस्नुभएको छ । आफ्नी आमाको मृत्युमा काज किरिया गर्नका  लागि सांसद राईले आफ्नो कपाल समेत मुन्डन गर्नुभएको छ ।

हिजो पुस २५ गते आमा लक्ष्मी राईको निधनपछि पशुपति आर्यघाटमा दाह संस्कार गरेर कपाल मुन्डन गरी उषाकला १३ दिने काज किरियामा बस्नुभएको हो ।
आमाको निधनको पछि राई  काठमाडौंको जोरपाटीस्थित निवासमै किरिया बसिरहनुभएको छ ।

सांसद उषाकलाले वैदिक संस्कार अनुसार पाचौँ दिन जन्मथलो खोटाङको दिक्तेल नगरपालिकामा लगेर पितृको अस्तु सेलाउनु हुनेछ ।  लक्ष्मीको एक्लो सन्तान उषाकला १३ दिनसम्म किरियापुत्रीको रुपमा कपाल मुन्डनकै अवस्थामा सेतो कपडा लगाएर बस्ने बताइएको छ ।

वैदिक संस्कारको रुपमा पुरुषले किरिया गर्ने चलन भए पनि उषाकलाले उक्त संस्कार हटाउँदै किरिया बस्नुभएको हो ।  । उनको यस्तो कदमलाई उषाकलाकै श्रीमान संघीय सांसद तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले लैंगिक विभेद् विरुद्ध पहलको रुपमा व्याख्या गर्नुभएको छ ।

तामाङले उषाकलालाई सम्बोधन गर्दै फेसबुकमा, ‘आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भने पनि पुरुष अर्थात पुत्र बस्ने चलन) बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भए पनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।’

नेकपाका नेता समेत रहेका सांसद शेरबहादुर तामाङ र उषाकला राई तामाङ मन्त्री छँदा क्वार्टरकै जमिनमा तरकारी फलाएर चर्चामा आएका थिए ।पहिलो संविधानसभाको मौलिक अधिकार समिति अन्तरगत लैंगिक उपसमितिको संयोजकको रुपमा संविधानमा महिलाको वंशको हक लेखाउन राईको भुमिका अहंम थियो ।

आमाको निधनपछि सांसद राईले लेख्नुभएको भावुक स्ट्याटस्

जीवन घाम छाया रहेछ । कतिखेर सिद्दिन्छ थाहा हुदैन रहेछ । आमाले हामिलाई यति चाडो छाड्नु होला लागेको थिएन । धेरै प्रयासको बाबजुद पनि आमालाई मैले बचाउन सकिन । आमा ! मलाई माफ गरिदिनुस !
हजुरको नाममा मैले कति प्रार्थना गरे
आमा ! हजुरको स्वर्गको बास होस।
हजुरको आत्माले शान्ती पाओस !
Im so..sorry Mamu ples !

प्राप्त प्रतिकृयाहरू

To Top