भारतीय समकक्षी सुष्मा स्वराजसँग ज्ञवालीको भेटवार्ता

राजनीति पौष २६ २०७५ ekhabarnepal
0 00

नयाँ दिल्ली पुस २६,
  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी सुष्मा स्वराजबीच बिहीवार भारतको राजधानी नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

दिल्लीमा जारी ‘रायसिना डायलग–२०१९’ मा सहभागी हुन विहिबार विहान दिल्ली पुग्नुभएका  परराष्ट्रमन्त्री   भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट्घाट  गर्नुभएको हो ।   मंगलबार सुरु भएको तीनदिने सम्मेलनको अन्तिम दिन मन्त्रीस्तरीय सत्रलाई मन्त्री ज्ञवलीले आजै सम्बोधन गर्ने कार्यक्रम समेत छ । पराराष्ट्रमन्त्री ज्ञवाली  स्वराजले आयोजना गरेको दिवाभोजमा सहभागी हुनुहुनेछ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मीका अनुशार विदेशमन्त्री स्तरीय भेटमा द्विपक्षीय हितका विषयमा छलफल हुनेछ । भेटमा नेपाल र भारतबीच विगतमा भएका सम्झौताहरू मध्ये कार्यान्वयनमा जान नसकेका विषयहरूमा समेत ज्ञवालीले समकक्षी स्वराजको ध्यानाकर्षण गराउनुहुनेछ ।
 ज्ञवाली शुक्रबार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

प्राप्त प्रतिकृयाहरू

To Top