ललितपुर महानगरपालिकामा पनि'शुरु हुन सकेन प्रबलीकरण'

समाज पौष २६ २०७५ ekhabarnepal
89789789lalitpur  ahanagarpalika

ललितपुर पुस २६,
 जिल्लामा सबैभन्दा बढी प्रबलीकरणका लाभग्राही रहेको ललितपुर महानगरपालिकामा प्रवलीकरणको काम शुरु हुन सकेको छैन ।

अहिलेसम्म प्रबलीकरणसकेर दोस्रो किस्ता वापतको रकम लिनेको सङ्ख्या महानगरमा शून्य रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको जिल्ला अनुदान कार्यान्वयन एकाइले जनाएको छ ।प्रबलीकरणका विषयमा भूकम्प प्रभावित मात्रै होइन, प्राविधिक र स्थानीय तह प्रष्ट हुन नसक्दा काम अघि बढ्न नसकेको महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर हरीशचन्द्र लामिछानेले बताउनुभयो । अधिकांश लाभग्राहीले यसलाई सामान्य मर्मतका रुपमा लिएका छन् ।

अहिले पनि कतिपय लाभग्राही प्रवलीकरणबाट पुनःनिर्माणमा त कतिपय पुनःनिर्माणबाट प्रबलीकरणमा जान चाहेका छन् । उहाँले भन्नुभयो, “प्रबलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट त्यसमा जान गाह्रो भएको महानगरवासीले बताएका छन् ।”

प्राधिकरणले पहिले स्थानीय तहलाई सो विषयमा प्रष्ट पार्नुपर्नेमा उहाँको जोड छ । स्थानीय तह आफैँले पहिले बुझ्दा मात्रै महानगरवासीलाई प्रवलीकरणका लागि कतिसम्म गर्नुपर्छ भन्ने बुझाउन सक्छ ।उहाँले भन्नुभयो, “अहिले धेरैले अलिअलि टालटुल गरेपछि अनुदान रकम पाइन्छ भन्ने नै बुझिरहेका छन् ।” प्रवलीकरणमा झण्डै आधा लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेको एकाइले जनाएको छ ।

त्यसमा अहिलेसम्म एक हजार ३८१ लाभग्राही रहेकामा ४६३ लाभग्राहीसँग अनुदान सम्झौता भइसकेको छ । तीमध्ये ४१५ ले मात्रै पहिलो किस्तावापतको रकम पाएका छन् । महानगरपालिका पुनःनिर्माणमा पनि जिल्लाका अरु स्थानीय तहभन्दा पछाडि छ ।

प्राप्त प्रतिकृयाहरू

To Top