प्रथम भक्तपुर युवा सम्मेलनको आयोजना

समाज पौष २६ २०७५ ekhabarnepal
900984968906

भक्तपुर रासस।
   युवाका साथसाथ आवाज नेपालले जिल्लामा प्रथम भक्तपुर युवा सम्मेलनको आयोजना गर्ने भएको छ । राष्ट्रिय युवा परिषद् र भक्तपुरका नगरपालिका, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहकार्यमा यही पुस २७ र २८ गते प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ को आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भक्तपुरका सम्पूर्ण वडाबाट प्रतिनिधित्व हुने गरी २०० युवाको सहभागिता रहनेछ । सम्मेलनमा युवा उद्यमशीलता प्रवद्र्धन तथा समाज विकासका लागि युवाको भुमिका विषयमा बृहत छलफल र उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिने संस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी दिनुभयो ।

पहिलोपटक ‘महिला राष्ट्रिय कबड्डी प्रतियोगिता’ शुरु
भक्तपुरमा पहिलो पटक आजबाट ‘राष्ट्रिय महिला आमन्त्रण कबड्डी प्रतियोगिता–२०७५’ शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बुधबार भक्तपुर र नवलपरसी, सशस्त्र प्रहरी र काठमाडाँै, कैलाली र नेपाल प्रहरी, सशस्त्र प्रहरी र भक्तपुर, नवलपरासी र कैलाली, काठमाडाँै र नेपाल प्रहरीबीच खेल जारी छ । प्रतियोगितामा भक्तपुर, काठमाडौँ, नवलपरासी, कैलाली, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका विभिन्न ठाउँबाट सहभागी भएका खेलाडीबीच १५ खेल सञ्चालन हुने कार्यक्रममा संयोजक एवं समितिका अध्यक्ष पशुपति प्रजापतिले जानकारी दिनुभयो ।

सुपर लिग चरणमा खेलाइने प्रतियोगितामा प्रथम, द्धितीय हुने टिमलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र तृतीय हुने दुई टिमलाई रु १०/१० हजारका दरले नगद पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गरिने समितिका सदस्य कृष्णसुन्दर प्रजापतिले जानकारी दिनुभयो ।कूल रु १६ लाख खर्च हुने प्रतियोगितामा देशमै पहिलोपटक प्रत्येक खेलमा म्यान अफ दि म्याचलगायतका खेलाडी घोषणा गरी प्रत्येकलाई नगद रु दुई हजारका दरले रु ६० हजारको पुरस्कार प्रदान गरिनेछ ।

भक्तपुर नगरपालिका–४ खेलकूद समितिले भक्तपुरको शहीद स्मृति खेलमैदानमा आयोजना गरेको प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो । उहाँले भक्तपुर नगरपालिकाले खेलकूदको विकासमा टेवा पुर्याउने कार्य गर्दै खेलकूदमैत्री नगरपालिका बनाउन लागिपरेको बताउनुभयो ।

कार्यक्रममा कबड्डी सङ्घका केन्द्रीय उपाध्यक्ष सङ्गीता हमाल, वडा नं ४ का वडाध्यक्ष कुमार चौवाल, कबड्डीका अन्तर्राष्ट्रिय रेफ्री विनोद प्रजापतिलगायतले पछिल्लो समयमा भक्तपुरमा कबड्डी खेलको विकासमा फड्को मारेको बताउँदै भक्तपुरमा यो खेलको आकर्षण पनि बढेको बताउनुभयो ।

 

प्राप्त प्रतिकृयाहरू

To Top