परराष्ट्रमन्त्री ज्ञवाली आज दिल्ली जाँदै

राजनीति पौष २६ २०७५ ekhabarnepal
99999999

काठमाडौं पुस २६,
 परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन नयाँ दिल्ली जाँदैहुनुहुन्छ ।

भारतीय विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले आयोजना गरेको ‘रायसिना संवादको चौथो संस्करण’ कार्यक्रममा मन्त्री ज्ञवालीले  आज नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणका अवधिमा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्नुहुनेछ । मन्त्री ज्ञवाली यही शुक्रबार  स्वदेश फर्किने कार्यक्रम छ ।

प्राप्त प्रतिकृयाहरू

To Top