विवाहको २५ वर्षपछि 'विश्वको सबैभन्दा धनी व्यक्तिको सम्बन्ध विच्छेद'

विश्व पौष २६ २०७५ ekhabarnepal
0 960

काठमाडौं पुस २६,
अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जी बेजोसको सम्बन्ध विच्छेद हुने भएको छ । विवाहको २५ वर्षपछि उनीहरुको सम्बन्ध विच्छेद हुन लागेको हो ।

दुवैले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । उनीरुले ट्वीटरमा जारी गरेको साझा बयानमा भनेका छन्, ‘लामो समयसम्म एक–अर्कासँग प्रेममा रहँदा र फेरि केही समयका लागि दूरीको महसुस भएपछि हामीले सम्बन्ध विच्छेदको निर्णय लिएका छौँ । हामी राम्रो मित्र भने सधैँ रहने छौँ।’

हालै अमेजन कम्पनीले अहिलेसम्मकै राम्रो उपलब्धी हाँसिल गरेको थियो । अमेजन माइक्रोसफ्टलाई पछि पार्दै विश्वको सबैभन्दा धनी कम्पनी बनेको थियो ।५४ वर्षका जेफले २५ वर्षअघि अमेजन कम्पनी सुरु गरेका थिए । ब्लुमबर्गको विश्वका धनी व्यक्तिको सूचिमा जेफ सबैभन्दा माथि छन् । उनीसँग १३७ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ । यो माइक्रोसफ्टका बिल गेट्सको भन्दा झण्डै ४५ बिलियन बढी हो ।

यस्तै ४८ वर्षकी म्याकेन्जी साहित्यकार हुन् । उनले दुई पुस्तक लेखेकी छन् । उनका सन् २००५ मा द टेस्टिङ्ग अफ लुथर तथा सन् २०१३ मा ट्रयाप्स पुस्तक सार्वजनिक भएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top