बुटवलको चौैथो नगर सभा सुरु: निम्न चार विधेयक प्रस्तुत

राजनीति पौष २५ २०७५ ekhabarnepal
85970857908 btl

बुटवल पुस २५,
 बुटवल उपमहानगरपालिकाको चौैथो नगर सभा बुधबारदेखि सुरु भएको छ ।

नगरसभाको प्रथम बैठकमा चार वटा विधेयकहरु प्रस्तुत भएका छन् ।चौथो नगर सभाको प्रथम बैठक शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले विभिन्न विधेयकहरु प्रस्तुत गर्न अनुमति दिएसंगै चार वटा विधेयकहरु प्रस्तुत भएका छन् ।

विभिन्न चार वटा विधेयक प्रस्तुत:  

  • जसअनुसार उपप्रमुख गुमादेवी आचार्यले न्यायिक विधेयक (न्यायिक कार्यविधि व्यवस्थित गर्ने) विधेयक–२०७५,
  • सामाजिक समिति संयोजक सिताकुमारी थापाले बालबालिकाको अधिकार व्यवस्थित गर्ने विधेयक,२०७५ प्रस्तुत गर्नुभएको छ ।
  •  आर्थिक विकास समितिका संयोजक टंकप्रसाद पराजुलीले भाषा, कला, साहित्य, संस्कृति विद्वत प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक,
  • २०७५ र सहकारी ऐन, २०७४ (पहिलो संशोधन विधेयक, २०७५)

माथि उल्लेखीत विधेयकहरु प्रस्तुत भएको  प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिनुभयो । नगरसभाको अर्को बैठक पुस २९ गते आइतबार बस्ने कार्यक्रम रहेको छ ।बुटवलको चौथो नगर सभामा सहभागी नगरसभाका अध्यक्ष तथा सदस्यहरु । नगरसभामा बुधबार विभिन्न चार वटा विधेयक प्रस्तुत भएका छन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top