'सहकारी अभियान संचालन' गर्दैछ सरकार

समाज पौष २५ २०७५ ekhabarnepal
99999 padma

काठमाडौं पुस २५,
सरकारले ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले मुलुकको समृद्धिका लागि ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेकी हुन ।

बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सहकारी अभियान संचालनका लागि आवश्यक योजना र कार्यक्रम तय गर्न पनि सहकारी संस्थाहरुलाई आह्वान गरेकी छन ।

मन्त्री अर्यालले सहकारी क्षेत्र मुलुकको समृद्धि र गरिवी निवारणको आधारको रुपमा रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।मन्त्री अर्यालले समृद्धिको सपना बोकेर हिँडेको सहकारी क्षेत्रलाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउने कुरामा सरकार ढुक्क रहेको पनि बताएकी छन ।नेपालमा करिव ३४ हजार ५ सय सहकारी संस्थाहरु रहेका छन । ती संस्थाहरुसँग सहकार्य गरेर मुलुकलाई समृद्ध बनाउने मन्त्री अर्यालको योजना छ ।

प्राप्त प्रतिकृयाहरू

To Top