सहिद स्मारक ए डिभिजन लिग आज फाइनल हुदै

खेल पौष २४ २०७५ ekhabarnepal
50 798 0

काठमाडौ ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलको ४२ औँ संस्करण आज सकिदैछ ।

गत असोज १३ गते सुरु भएको लिगको अन्तिम दिन आज बिभिन्न २ खेल हुनेछन् । आज लिग च्याम्पियन मनाङ मस्र्याङदीले फ्रेण्ड्स क्लब तथा न्युरोड टीम एनआरटीले ब्रिगेड ब्वाईजसँग प्रतिस्पर्धा गर्नेछ । आजका दुबै खेल दिउँसो २ बजे सुरु हुनेछन् ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा फ्रेण्डसबिरुद्ध मैदान उत्रदा, मनाङको लक्ष्य १३ औँ जितसँगै शत प्रतिशत नतिजासँगै लिगमा अर्को किर्तिमान बनाउनु हुनेछ ।

फ्रेण्ड्स भने तेस्रो जितसँगै एक स्थान सुधारको योजनामा रहेको छ ।  हल्चोकस्थित एपीएफ मैदानमा एनआरटी र ब्रिगेड भने अनित्म खेलमा जित निकाल्दै लिगको सुखद अन्त्य गर्ने योजनामा रहेका छन् । पुछारमा रहेको एनआरटीलाई तालिकामा कम्तीमा २ स्थान गर्ने अबसर रहदा एनआरटीबिरुद्धको जितले ब्रिगेडको बरियतामा कुनै प्रभाब पर्ने छैन ।  झण्डै ५ बर्षपछि भएको ए डिभिजन लिग फुटबलमा ३ बिभागीय सहित १४ टोली सहभागी छन् ।

रेलिगेशन नहुने लिगमा आजका २ खेल पछि ९१ खेल लामो लिग औपचारिक रुपमा सकिनेछ ।  मनाङ मस्र्याङदीले लिगको उपाधि हात पार्दा संकटा दोस्रो र थ्रीस्टारले तेस्रो स्थानमा रहँदै यो सिजनको अन्त्य गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top