कोटेश्वर चोकको जाम हटाउने तिव्र तयारी

राजनीति पौष २४ २०७५ ekhabarnepal
7895608

काठमाडौं पुस २४,
सरकारले कोटेश्वर चोकमा हुने जामको समस्या समाधान गर्न विकल्पिक सडक संचालनमा ल्याउने तयारीलाई तिव्र पारेको छ ।

कोटेश्व्रको जाम भयावह बन्र्दै गएसँगै सडक विभागको पहलमा जडिबुटीबाट रिंगरोडको बालकुमारीतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न दिन लागिएको हो ।मनोहरा खोलामा बेलिब्रिज हालि जडिबुटीबाट सोझै बालकुमारी निस्कने गरी नयाँ मार्ग संचालनमा ल्याउन लागिएको हो ।


बालकुमारीबाट नदी करिडोर प्रयोग गरी शहरका जुनसुकै भागमा पुग्न पनि यसले सहज हुने दावी सडक विभागको छ ।यो सडकमा हाल रहेको पुलको क्षमता कमजोर भएकाले बेलिब्रिज जडान गर्न लागिएको हो । पुल कमजोर भएका कारण ठूला सवारीले यो बाटो प्रयोग गर्न सकेका छैनन् । त्यसैकारण ठूला सवारी आवातजावत गर्न सक्ने गरी यो मार्ग विस्तारको तयारी भएको हो ।

हाल काठमाडौं प्रवेश गर्न कोटेश्वर चोक प्रयोगको विकल्प छैन । बेलिब्रिज जडानपछि भने सवारीले सोझै विनाजाम बालकुमारीतर्फ आउन पाउनेछन् । बानेश्वरतर्फ आउने सवारीले पनि बालकुमारीबाट बागमती करिडोर प्रयोग गर्न सक्ने छन् ।कोटेश्वरको जाम घटाउन सरकारले सुरुङमार्गको योजना समेत अघि सारेको छ ।  तर, यसका लागि अध्ययन हुनै बाँकी छ ।

प्राप्त प्रतिकृयाहरू

To Top