विमान खरिदसम्बन्धी तयार पारेको 'प्रतिवेदन परिमार्जन गरेर पारित'

राजनीति पौष २३ २०७५ ekhabarnepal
789350897889wide 87

काठमाडौं पुस २३,
संसदको सार्वजनिक लेखा समितिको वाइड बडी विमान खरिदसम्बन्धी उपसिमितिले तयार पारेको प्रतिवेदन परिमार्जन गरेर पारित गरेको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित पूर्व दुई पर्यटनमन्त्रीहरु जीतेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई नैतिक जिम्मेवार ठहर्याउँदै कानुन सम्मत कारवाहीका लागि सिफारिस गर्दै उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो ।समितिले यसअघि उपसमितिले तयार पारेको प्रतिवेदन सच्याउदै विमान खरिद प्रक्रियामा तत्कालीन पर्यटन सचिव प्रेम राईको कुनै संलग्नता नरहेको ठहर गरेको छ ।

प्रतिवेदनले बदनियतपूर्वक पुरानो विमान खरिद प्रक्रिया अघि बढाएर विमान खरिद प्रक्रियामा मुख्य भुमिका खेल्ने नेपाल बायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई विमान खरिद प्रक्रियामा अख्तियार दुरुपयोग गरी भ्रष्ट्राचार गरेको देखिएको भन्दै कानुनी कारवाही अगाडी बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

यसैगरी, हालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव तथा लेखा उत्तरदायी अधिकृत तत्कालिन बायु सेवा निगमको सञ्चालक समितिका अध्यक्ष रहेका कृष्णप्रसाद देवकोटालाई दोषी ठहर गर्दै तत्काल निलम्बन गरी छानविन गरेर कानुन बमोजिम हदैसम्मको दण्ड सजाय गर्न  सिफारिस गरेको छ ।

प्रतिवेदनले पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीले निगमको नियमावली विपरित बोलपत्र स्विकृत गरी ठूलो आर्थिक क्षति हुनेगरी अनियमितता गरेको देखिएको भन्दै छानविन गरी दण्ड सजाय गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।यसैगरी बायु सेवा निगमबाट प्राप्त भएका विवरणका आधारमा विमान खरिदका लागि बनाइएका विभिन्न उपसमितिहरुमा रहेका व्यक्तिहरु र सो प्रकरणमा संलग्न अन्य व्यक्तिलाई पनि आवश्यक छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा  उपसमितिका सदस्यहरुले नैतिक रुपमा जिम्मेवार मन्त्रीहरु उम्कने गरी संशोधित प्रतिवेदन आएकोमा आपत्ति जनाउदै कानून बमोजिम कारबाही गर्न सिफारिस नगरे फरक मत राख्ने अडान लिनुभएको थियो ।त्यसलगत्तै सभापति भरतकुमार शाहले तीन मन्त्रीलाई कानून बमोजिम कारबाही गर्न सिफारिस गर्ने विषय थप गरि प्रतिवेदन पास भएको घोषणा गर्नु भएको हो । 

प्राप्त प्रतिकृयाहरू

To Top