सुर्खेतबाट काठमाडौंतर्फ जादै गरेको 'बस दुर्घटना'

समाज पौष २३ २०७५ ekhabarnepal
35789676

कावासोती ।
आज बिहानै नवलपरासिमा बस दुर्घटना भएको छ ।  
पुर्वी नवलपरासीको मध्यविन्दुमा यात्रुवाहक बस पल्टिँदा २३ यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंतर्फ जादै गरेको ना५ख ४६९६ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु–११, बाहुनेकुनामा आज दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार बसमा सवार ३४ यात्रुमध्ये २३ घाइते भएका छन् । अधिकांश घाइते सुर्खेत, कालीकोट, जाजरकोट, जुम्ला र दैलेखका छन् ।घाइतेको अवस्था मध्यम तथा सामान्य रहेको र उनीहरुलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।बस अनियन्त्रित भएर सडकबाट करिब १०० फिट तल पल्टिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top