निर्मला पन्त र उनको परिवारलाई यही सरकारले न्याय दिन्छ

समाज पौष २२ २०७५ ekhabarnepal
90879078

काठमाडौं पुस २२,
 प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र उनको परिवारलाई छिट्टै न्याय दिने बताउनु भएको छ ।

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकको भिडले नभई आफूले नेतृत्व गरेको सरकारले निर्मला तथा अन्य छोरीचेलीलाई न्याय दिने बताउनुभयो ।

‘अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने दिने होइन । सरकारले दिन्छ ।’, प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यसको नेतृत्व मैले गरिरहेको छु । ढुक्क भए हुन्छ । हामी त्यो काम पूरा गर्नेछौँ ।’अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने नभई सरकारले दिने बताउनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top