आज प्रतिनिधिसभाको बैठक सम्बोधन गर्दै प्रधानमन्त्री ओली

राजनीति पौष २२ २०७५ ekhabarnepal
5789359078oli

काठमाडौँ पुस २२,
 प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् ।

आइतबार दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीको निजी सचिवलयले जानकारी दिएको छ । यस्तै संसद सचिवालयले पनि सम्बोधनको तयारी भएको बताएको छ ।

प्रधानमन्त्री ओलीले गएको बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर कार्यव्यस्तता भन्दै ओलीको सम्बोधन स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले कार्यव्यस्थता भने पनि वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारकाण्ड तथा फौजदारी अभियोग लागेका रेशम चौधरीको सांसद शपथको चेपुवामा परेका कारण संसदलाई गर्ने भनिएको आफ्नो सम्बोधन टालेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top