महाप्रबन्धक कंसाकारलाई उनकै कार्यकक्षमा मोसो दलियो

समाज पौष २० २०७५ ekhabarnepal
Sugaratna kansakar

 

काठमाडौँ,पुस २० – वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा मोसो दलिएको छ।
वाइड वडी खरिदमा अनियमितता गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रवार कंसाकारलाई उनकै कार्यकक्ष सुन्धारा पुगेर कालोमोसो दलेको हो। 

वैद्य माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगसँग आबद्ध युवाहरु दिउँसो ४ बजेतिर कंसाकारको कार्यकक्षमा पसेर कालोमोसो दलेका थिए। 

वाइड बडीमा ४ अर्ब अनियमितता भएको भन्दै संसदीय उपसमितिले विहीवार प्रतिवेदन सार्वजनिक गरी वहालवाला मन्त्रीसहित संलग्न सबैलाई कारवाहीको सिफारिस गरेको थियो। 

घटनामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको महानगरिय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी पूजा सिंहले जानकारी दिइन्।
 

प्राप्त प्रतिकृयाहरू

To Top