रामबहादुर बमजनको आश्रममा छापा मारेपछि प्रहरीले 'सील गर्‍यो

समाज पौष २० २०७५ ekhabarnepal
 105060638 bomjan sindhupalchowk

काठमाडौं, पुस २०
बीबीसी

'लिटल बुद्ध'का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रम सील गरेर प्रहरीले छापा मारेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक मुकुन्द मरासिनीका अनुसार जिल्लास्थित प्रहरी कार्यालय र प्रहरी मुख्यालय काठमाण्डूका करिब ३० जना प्रहरी अधिकारीहरूले हाल उनको सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रममा छानबिन गरिरहेका छन्।

आश्रममा गएकाहरू त्यस पछि नफर्किएको भनेर विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दामा प्रहरीले छानबिन शुरु गरेको छ।

प्रहरीले आश्रममा भइरहेको अनुसन्धान सम्पन्न नभएसम्मका लागि उक्त क्षेत्र 'सील' गरेर काम कारबाही अघि बढाएको जानकारी दिएको छ।

तर, बमजन आफैँ भने अहिले सिन्धुपाल्चोकमा नरहेको प्रहरीले पुष्टि गरेको छ। हालका दिनमा बमजन सिन्धुलीस्थित आश्रममा बस्ने गरेको बताइएको छ।

बमजनको आश्रममा छानबिन अघि बढाउन प्रहरीले सिन्धुपाल्चोक जिल्ला अदालतबाट बिहीवार नै अनुमति लिएको र प्रक्रिया विधि पुर्‍याएर सम्पन्न गरिएको मरासिनिले जानकारी दिए।


मरासिनीले भने, ''हामीले विभिन्न किसिमका अनुसन्धान प्रक्रिया एकै साथ अगाडि बढाएका छौँ, विभिन्न किसिमका विवरण सार्वजनिक भएकाले अहिले हामीले अगाडि बढेको प्रक्रियाको निश्चित उद्देश्य के हो भनेर भन्न सकिने अवस्था भने छैन।''

कानुनी प्रक्रिया पूरा गरेको र व्यवस्थित रूपमै सुरक्षा अधिकारीहरू परिचालित भएकाले आश्रममा बस्दै आएकाहरू र स्थानीयहरूबाट अवरोध नभएको उनले जानकारी दिए।

हाल प्रहरीको एउटा टोली आश्रममा रहेको र आवश्यक परे थप टोली परिचालन हुने जानकारी मरासिनीले जानकारी दिए।

तर विभिन्न किसिमका गम्भीर आरोप लगाइएका बमजन माथि भने हाल सम्म प्रहरीले कुनै पनि किसिमको कारबाही अगाडि नबढाएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।

बमजन विरुद्ध समाचार सार्वजनिक भएपछि बमजन आबद्ध संस्था बोधी श्रवण धर्म संघले एक विज्ञप्ति निकालेर सञ्चारमाध्यममा उनीबारे आएका समाचारको खण्डन गरेको थियो।
 

प्राप्त प्रतिकृयाहरू

To Top