सपथ लगत्तै सांसद चौधरीलाई पुन: जेल लगियो

राजनीति पौष १९ २०७५ ekhabarnepal
Resham chaudhary1

 

काठमाडौं,पुष १९
 कैलालीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित रेशम चौधरीलाई पद तथा गोपनीयताको सपथग्रहण पश्चात पुन: डिल्लीबजार कारागार लगिएको छ।

संघीय संसदका सभामुख कृष्णबहादुर महराले चौधरीलाई संसद सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको सपथग्रहण गराएपछि उनलाई प्रहरीले भ्‍यानमा हालेर कारागार लगेका थिए।

रेशमको सपथ हेर्न उनका छोरा र श्रमती आएका थिए। सपथपछि श्रीमती रञ्जिता चौधरीले भनिन्, ‘मलाई उहाँको शपथ कार्यक्रम छ भनेर आज मात्रै जानकारी गराइयो। म छोरासहित हेर्न आएँ।’

रेशम चौधरी टीकापुर घटनाको अभियुक्त सपथ लिएपछि पुन: कारागारमा जानुभयो भन्‍ने पत्रकारको प्रश्‍नमा उनले भनिन्, ‘टीकापुरबासी सबै उहाँको पक्षमा हुनुहुन्छ। उहाँ निर्वाचित सांसद हो। यो राजनीतिक घटनालाई हो। यदि उहाँ दोषी प्रमाणित भएमा म स्वीकार्छु। तर उहाँमाथि बिनाप्रमाण आरोप लगाइएको छ। निर्वाचित र सपथ लिएका सांसद कसरी जेलमा जान मिल्छ?’

ढाकाटोपी र चस्मा लगाएका चौधरी सपथका लागि सिंहदरबार पुग्दा संसद सचिवालयका कर्मचारीले उनलाई स्वागत गरेका थिए। सभामुखको कार्यकक्षमा उनले सपथ लिएका थिए।


 

प्राप्त प्रतिकृयाहरू

To Top