मेलम्ची खानेपानी आयोजनाको समस्या समयमै समाधान हुनेछ

समाज पौष १९ २०७५ ekhabarnepal
7889067kp oli

काठमाडौं पुष १९,
 प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको समस्या समयमै समाधान हुने बताउनुभएको छ ।

ललितपुरको बालकुमारीमा निर्माण हुने पानी प्रशोधन केन्द्रको आज शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनामा केही समस्या देखिए पनि आयोजना सम्पन्न हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाण्डौं उपत्यकामा रहेको वातावरणीय चुनौतीहरुलाई सबै पक्षले जिम्मेवार भुमिका निर्वाह गरेर समाधान गर्नुपर्ने बताउनुभयो ।उहाँले वर्तमान सरकारसँग देश विकासको प्रष्ट खाका रहेको बताउदै अब प्रत्येक दिन विकास निर्माण कार्यले गति लिने बताउनुभयो ।त्यस अवसरमा खानेपानी तथा सरसफाईमन्त्री विना मगरले बढ्दो सहरीकरणसँगै ढल र फोहर पानी व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी गरिसकेको जानकारी दिनुभयो ।

ललितपुरको बालकुमारीमा २ वर्ष ६ महिनामा निर्माण सम्पन्न हुने लक्ष्य रहेको फोहर पानी प्रशोधन केन्द्रको निर्माण लागत ६० करोड ७५ लाख रुपियाँ रहेको छ ।प्रशोधन केन्द्रले दैनिक १ करोड ७५ लाख लिटर फोहोर पानी प्रशोधन गर्नेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top