विभिन्न देशका लागि 'पाँच जना राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु'

राजनीति पौष १८ २०७५ ekhabarnepal
686536

काठमाडौं पुस १८,
 संसदीय समितिले  प्रस्तावित पाँच जना राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले फ्रान्सका लागि दिपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना, थाईल्याण्डका लागि गणेशप्रसाद ढकाललाई राजदुत र मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्तीका लागि गरेको सिफारिसमाथि संसदीय सुनुवाई गर्ने निर्णय गरेको हो ।

मन्त्री परिषदको गत पुस ६ गते बसेको बैठकले अधिकारी, भण्डारी, ढुंगाना, ढकाल र भट्टराईलाई विभिन्न देशको राजदुतमा नियुक्त गर्ने सिफारिस गरी सुनुवाईका लागि संसदीय सुनुवाई विशेष समितिमा पत्राचार गरेको थियो ।

सरकारले राजदूतका लागि नियुक्ती गर्न सिफारिस गरेकाहरुको संसदीय सुनुवाई प्रक्रिया सूरु गर्ने निर्णय गरिएको समितिका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनु भयो ।समितिले संसदीय सुनुवाई प्रक्रियाका लागि उजुरी आह्वान गर्ने निर्णय पनि गरेको छ । बिहिबारबाट लागू हुने गरी संसदीय विधि र प्रक्रिया अनुसार १० दिनसम्म प्रस्तावित राजदुतहरुमाथि उजुरी आह्वान गर्ने निर्णय पनि गरिएको पनि समितिले जनाएको छ ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि सम्बन्धित देशमा एग्रिमोका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशलाई पत्राचार गर्नेछ । सम्बन्धित देशले एग्रिमो पठाएपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले राजदुतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्राप्त प्रतिकृयाहरू

To Top